आ गए ना मेरे मौत का तमाशा देखने?
मान्छे जान नसक्ने समुद्रको गहिराहिमा मस्त संग पौडीरहन्छन स्नेलफिशहरु , स्यामोन माछा पृथ्वीको चुम्बकीय शक्तिको प्रयोग गर्न सक्छन, गोब्रे किरा आफ्नो वजन भन्दा १४०० गुना बढी वेट बोक्न सक्छन
म ९/१० बर्षको थिए । साथीहरु संग मिलेर फिस्टे ढोप्न जान्थ्यौ । हेर्दा भगेरा जस्तै देखिने, सानो चराको प्रजाति, खेतको आलिमा गुड गराउथ्यो । साझ परेपछि त्यो चरा आफ्नो गुडमा फर्किथ्यो । त्यसैले त्यो चरालाई गुडमै समात्न सजिलो हुन्थ्यो । एउटा ठुलो रुमाल ले गुड छोपेर चरा समाउने भएकाले हामी ढोप्ने भन्थ्यौ । मलाई फिस्टेको मासु मन नपरेपनि ढोप्न खुबै रमाइलो लाग्थ्यो । हुन त यसो गर्ने हामि पहिलो मान्छे थिएनौ । आज भन्दा करिब दस हजार बर्ष अगी हाम्रा पुर्खाहरुले यसरीनै शिकार गरेर खान्थे ।
तर त्यति बेला उनीहरुको आफ्नो लालपुर्जा सहितको खेत थिएन, न खेतमा धान लगाउथे, न कुखुरा फर्म खोलेर २५० रुपैया किलो मासु बेच्थे । उनीहरु गुफामा बसेर बिरान जंगलमा जे गर्थे आफु बाच्नका लागि गर्थे । हामि सानो हुदा मटेरियाको फाटमा जे गर्थ्यौ त्यो बाध्यता थिएन । हामि जे गर्थ्यौ किन गर्थ्यौ ? सायद त्यो एउटा खेल थियो । खेल त हर्के बुढाको बयर चोर्दा वा सुबेदारका आप चोर्नु पनि थियो । तर हामी किन आप चोर्दा डरले कापथ्यौ, तर चराका गुडबाट चरा र अन्डा चोर्दा ढुक्क का साथ गर्थ्यौ ।
यसको जवाफ हो “हामीले गर्थ्यौ किनकि हामीले गर्न सक्थ्यौ” । हामि गर्थ्यौ किनकि ति चराले हामीलाई केहि गर्न सक्दैनथे ।
आज मानिसले गर्ने धेरै कुरा म र मेरा साथीहरुले गरेका काम जस्तै छन । चुरे पहाडको छाती फोडेर ढुंगा गिट्टी माटो निकाल्छौ । बाघ मारेर त्यसको छाला ओछाएर राजकीय महसुस गर्छौ, हरिणको सिघ भित्तामा टासेर गर्व महसुस गर्छौ, मयुरको प्वाख, गैडाको खाग, बगेडी चराको मासु, रक्तचन्दन, सर्पका छालाले बनेका बेल्ट लगाउछौ ।
यी सबै गर्छौ किनकि हामि आफुलाई सर्वश्रेठ प्राणी ठान्छौ । नठान्नु पनि कसरि जब हामि पृथ्वीको एक कुना बाट अर्को कुनामा कुरा गर्न सक्छौ, ठुला सहरहरु छिनमै तहस नहस पार्ने क्षमता राख्छौ । लागेका रोगको आफै उपचार गर्न सक्छौ । हामि यात्रा गर्न गाडी, उडन प्लेन बनाउछौ, पानि मुनि यात्रा गर्न सबमरिन बनाउछौ, अझ अर्को ग्रहमा जान रकेट बनाउछौ ।
आफुलाई ऐनामा हेर्ने सायद हामि पहिलो र एक्लो प्राणी हौ । “हामी के बाट बनेका हौ” भन्दै सुक्ष्म एटम देखि डीएनए को अध्यन गर्छौ । हामी मात्र नभई अन्य प्राणीको जीवन बारे अध्यन गर्छौ, व्हेलाको पानीमुनिको यात्राको रहस्य देखि मोनार्च पुतली अनि चराहरुको बसाइँसराई किन, कहिले, कसरि , कहाँ कहाँ हुन्छ बुझ्छौ । यतिबेला हामि अनेक प्रश्नको जवाफ खोजिरहेको छौ । हाम्रो काम गरिदिन एआई असिस्टेन्ट सम्म बनाउछौ ।
यदि हामीलाई ति गुफामा बसेर आफ्नो जीवन जंगलमा गुजारा गर्ने हाम्रा पुर्खाले भेटथे भने हामि उनीहरु जस्तै मान्छे मान्दैनथे । हाम्रो सर्वश्रेठता देखेर आफ्ना सन्तति नै हुन् भनेर पनि पत्याउदैनथे । तर के हामी साच्चिकै संसारकै सर्वोत्कृष्ट प्राणि हो त ?
हामीले सगरमाथा चढ्नु, महासागरको गहिराइमा पुग्नु, वा अन्य कुनै असाधारण उपलब्धि हासिल गर्नु हाम्रो बुद्धि, संयोजन, र प्रविधिको परिणाम हो। तर प्रकृतिले अन्य जीवहरूलाई फरक-फरक तरीकाले विशिष्ट क्षमताहरू दिएको छ ।
जस्तो कि खोया हास सगरमाथा भन्दा बढी उचाई नाघेर हरेक जाडोमा नेपाल आउछन । मान्छे जान नसक्ने समुद्रको गहिराहिमा मस्त संग पौडीरहन्छन स्नेलफिशहरु । मान्छेले रातो, हरियो र निलो (३८० न्यनोमिटर देखि ७०० न्यानोमिटर सम्मको) तीनवटा रंग च्यानलहरू मार्फत रंगहरू देख्न सक्छन, जबकि भारतीय र प्रशान्त महासागरमा बस्ने म्यान्टिस श्रीम्पले १२ वटा रंग च्यानलहरू मार्फत संसारलाई देख्न सक्छन् र पराबैजनी (उव्) तथा ध्रुवीकृत प्रकाश पत्ता लगाउन सक्छन् । चमेरा रातिमा पनि एकोलोकेसन मार्फत यात्रा गर्न सक्छन, स्यामोन माछा पृथ्वीको चुम्बकीय शक्तिको प्रयोग गर्न सक्छन, गोब्रे किरा आफ्नो वजन भन्दा १४०० गुना बढी वेट बोक्न सक्छन । यस्ता हजारौ प्राणी जीवित छन जुन केहि न केहि बिषयमा हामि भन्दा बढी श्रेष्ठ छन ।
यसो हेर्दा, प्रत्येक जीव आफ्नो वातावरण अनुसार विकसित भएको छ, र कुनै पनि प्राणीलाई पूर्ण रूपमा सर्वश्रेष्ठ भन्न मिल्दैन। त्यसैले, प्रश्न उत्कृष्टताको होइन, बरु विविधताको हो। प्रकृतिले सबै जीवलाई आफ्नो तरिकाले उत्कृष्ट बनाएको छ, र हाम्रो अनौठोपन यही बुझाइमा लुकेको छ।
यतिबेला बाचिरहेका हरेक जीवहरु आफैमै भिन्न छन । मान्छेलाई नै हेर्ने हो भने, प्रत्येक मानिसका आनुवान्शिकि भिन्न छ । तपाई वा म जस्तो न पहिले कोहि जीवित थियो न कोहि हुनेछ । त्यो नजरिया बाट म जति अदित्तीय छु त्यति नै अदित्तीय भुसुनाहरु छन ।
पृथ्वीमै पनि हाम्रो जीवन अन्य प्राणीभन्दा धेरै पछाडि आएको हो । तर हामीले भाषा, विज्ञान, प्रविधि, र कल्पनाशक्ति विकास गरेका छौं, जसले हामीलाई पृथ्वीका अन्य प्रजातिहरूबाट अलग बनाएको छ।
मान्छेको पुर्खा संग ८० लाख वर्ष पहिले छुटिएको चिम्पान्जी अझै अफ्रिकी जंगलमा ढुंगाले ओखर फोरेर खान्छन जवकी आजको मान्छे माइक्रोवेव गरेर खान्छ । मान्छे विकास अपत्यारिलो छ र यस अर्थमा मान्छे सबैभन्दा बढी स्रोत र साधन साथमा भएको प्राणि हो । यस अर्थमा सायद सबैभन्दा बलवान पनि । बल संगै ठुलो जिम्मेवारी पनि आउछ । त्यो जिम्मेवारी हो अरुको पनि संरक्षण गर्नु । आजको मानवको मुख्य दायित्व त्यहि हो ।
पृथ्वीमा अहिले मानिस सहित ८७ लाख प्रजातिहरू छन् र आंकलन गरिए मध्य २८ प्रतिसत को जीवन संकटमा छ । मानिसले गरेको प्राकृतिक दोहनलाई बैज्ञानिकहरु छठौं महाविनाश भन्ने गरेका छन, जसको गति अघिल्ला विनाशहरूभन्दा तीव्र छ । हाम्रै आखा अगाडी गिद्दहरु लोपोन्मुख भैरहेका छन्, धेरै बन्यजन्तुको संख्या घट्दो छ ।
यस्तो अवस्थामा हामि हाम्रो सर्वश्रेठताको अहम त्यागेर अन्य जीवनको संरक्षण गरेनौ भने हामीले हाम्रै बिनासको बाटो कोर्ने निश्चित देखिन्छ ।
अन्त्यमा, मलाई नाना पाटेकरको "क्रान्तिवीर" फिल्मको त्यो चर्चित मोनोलग याद आउँछ — जहाँ उनलाई फाँसीको सजाय सुनाइएको छ र उनी तिक्ततापूर्वक भन्छन्, “तुम्हारी ये खामोशी तुम्हारे बच्चों के लिए रोना बन जाएगी।”
आज हामीले वातावरणप्रति देखाएको मौनता, उदासीनता, र निष्क्रियताले पनि यही संवादको अर्को रूप जस्तै लाग्छ। जब बन जंगल सुकेर गएका छन्, खोला नदी सुक्दै छन्, र प्रजातिहरू लोप हुँदै छन् — लाग्छ, ती सबै जीवजन्तुहरू पनि हामीलाई हेरेर भन्न थालेका छन्,
“आ गए ना मेरी मौत का तमाशा देखने?”